एजेन्सी । विश्वकप फुटबल अन्तर्गत जापानविरुद्धको खेलमा कोलम्बिया खेलमा फर्किएको छ । पहिलो हाफको छैटौं मिनेटमा १ - ० ले पछि परेको कोलम्बिया ३९ औं मिनेटमा खेलमा फर्किएको हो ।
कोलम्बियाका जुआन कुडार्डोले फ्रिकिकमा गोल गर्दै खेल १ -१ को बराबरीमा ल्याएका छन् ।
यसअघि खेलको छैटौं मिनेटमा सिन्जी कागवाले पेनाल्टीमा गोल गरे ।
कोलम्बियाका कार्लोस सान्चेजले हातले बल रोकेपछि जापानलाई पेनाल्टी दिएको हो । रेफ्रीले सान्चेजलाई रातो कार्ड देखाएका छन् । र, कोलम्बिया १० खेलाडीमा सिमित भएको छ ।