चारदेशीय सिरिज अघि ओमानले युएईविरुद्ध खेल्दै
बुधबार, माघ १९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । चारदेशबीचको क्रिकेट सिरिज अघि आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको आयोजना गरिरहेको ओमानले युनाईटेड अरब इमिरेट्सविरुद्ध तीन एकदिवसिय क्रिकेट खेल्दैछ ।
ओमानले आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत युएईविरुद्ध तीन एकदिवसिय खेल्न लागेको हो ।
ओमान र युएईबीचको खेल ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुनेछ ।
दुई टोलीबीचको पहिलो खेल फेब्रुअरी ५, दोस्रो खेल ६ तथा तेस्रो खेल ८ तारिखमा हुनेछ ।
युएईविरुद्धको खेलपछि ओमानले नेपाल, आयरल्यान्ड र युएईसम्मिलित चारदेशीयय टी–ट्वान्टी क्रिकेट सिरिज खेल्नेछ ।
ओमानले सिरिजको पहिलो खेल भने नेपालविरुद्ध फेब्रअरी ११ तारिखमा खेल्नेछ ।
#आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप














-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)