काठमाडौं । पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले आईसीसी टी–ट्वान्टी विश्वकपमा भारतलाई पराजित गर्दा आफूलाई अझै पनि गर्व महसुस भएको बताएका छन् ।
गत वर्ष युएई र ओमानमा भएको विश्वकपको सुपर १२ को समूहमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो ।
२१ वर्षीय अफ्रिदीका अनुसार व्यक्तिगत रुपमा उनका लागि त्यो उत्तम दिन थियो ।
अफ्रिदीले दुबईमा भएको सो खेलमा भारतीय टिमका रोहित शर्मा, केएल राहुल र विराट कोहलीको विकेट हात पारेका थिए ।
‘साच्ची भन्नु पर्दा त्यो मेरो लागि एकदमै ठूलो दिन थियो । भारत र पाकिस्तानबीचको खेल धेरै मान्छेले हेर्छन । जब म त्यो जितलाई फर्केर हेर्छु, म आफूप्रति धेरै गर्व महसुस गर्छु,’ अफ्रिदीले भने ।