एजेन्सी । कोलम्बियाले अन्तिममा निर्णय लिने, जेम्स रोड्रिग्वेजको बिषयमा । जो मांशपेसीको उपचार गराईरहेका छन् । लेफ्ट ब्याक फ्रायाङ फाब्रा चोटका कारण प्रतियोगिता बाहिर छन् । जोन मोजिका पहिलो डेब्युका लागि प्रतिक्षामा छन् ।
जापानी फरवार्ड सिञ्जी ओकाजी घुँडाको चोटको उपचार गराईरहेका छन् । उनी आजको खेलमा नदेखिन सक्छन् । प्रशिक्षक अकिरा निश्होनीले कोइसुकी होन्डालाई आजको खेल नखेलाउन सक्छन, जो विगत २१ महिनादेखी अन्तराष्ट्रिय गोल विहिन छन् ।
कोलम्बियाले पछिल्ला तीन खेलमा जापानसंग हारेको छैन । पछिल्लो विश्वकपमा समेत कोलम्बियाले जापानलाई ४–१ ले हराएको थियो ।
जोसे पिकरमेनको टिमले १८ छनोट खेलमा २१ पटक गोल गरेको थियो । जसमा तीन जनाले मात्र एक भन्दा बढी गोल गरेका थिए । जेम्स रोड्रिग्वेजले ६, कार्लोस बाकाले ३ तथा फाल्काओले दुई गोल गरेका थिए ।
जापानले पछिल्लो ६ खेलमा युरोपेली टोलीलाई जित्न सकेको छैन । उसले ५ पटक त्यसमा हार ब्यहोरेको छ । जापानले अहिलेसम्म दक्षिण अमेरिकी राष्ट्रलाई हराउन सकेको छैन ।