एजेन्सी । उद्घाटन खेलमा प्राप्त नतिजाले रुसलाई उत्साहित बनाएको हुनुपर्छ । प्रतियोगिताको पहिलो खेलमा पाएको फराकिलो जितको खुसी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत सम्हाल्न सकेनन् । खेल सकिए लगत्तै प्रशिक्षकलाई बोलाए र खेलाडीलाई शुभकामना पठाईदिए ।
इजिप्टको सुरुवात सुखद रहेन । उसले हारसंगै प्रतियोगिताको सूरुवात गर्यो । मुख्य खेलाडी मोहमद सलाहबिनै मैदान उत्रिएको उसले उरुग्वेसंग नमिठो हार ब्यर्होयो । लिभरपुलका स्टार सलाहले खेल्ने अपेक्षा धेरैको थियो । तर फिटनेसको कारण देखाउदै प्रशिक्षकले उनलाई बेन्चमै राखे ।
यस्तोमा समूह ए मा रहेका रुस र इजिप्ट आज समूह चरणको दोस्रो खेल खेल्न मैदान उत्रदै छन् । दुवै टोली पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।
रुसले विश्वकपको उद्घाटन खेलमा ऐतिहासिक जित निकाल्दै साउदी अरेबीयालाई ५–० गोल अन्तरले पराजित गर्यो । प्रतियोगितामा थप गोल गर्न तयार रहेको रुसले संकेत गरिसकेको छ । पछिल्ला पाँच विश्वकपमा रुसले दोस्रो खेल जित्न सकेको छैन, इतिहास यस्तै भन्छ ।
इजिप्ट प्रतियोगिताको पहिलो जितको खोजिमा छ । विश्वकप छनोटमा सलाहले सर्वाधिक गोलकर्ता थिए, इजिप्टको । उनले पाँच गोल गरेका थिए । इजिप्ट यति बेला उनैको उपस्थिती खोजेको मैदानमा ।
सलाहका एजेन्टले त उनी पुर्ण रुपमा निको भईसकेको भन्दै प्रतियोगिता खेलाउन प्रशिक्षकलाई दबाब समेत दिईसकेका छन् । तर खेल अगाडी फिटनेस परिक्षणले उनी मैदान फर्कर्ने÷नफर्कने तय गर्नेछ ।