आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

थ्री स्टारसँग बराबरी खेलेको एपीएफलाई पहिलो अंक

आइतबार, २६ मंसिर २०७८खेलपाटी संवाददाता
थ्री स्टारसँग बराबरी खेलेको एपीएफलाई पहिलो अंक
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टार र एपीएफले गोलरहित बराबरी खेलेको हो ।

यस बराबरीसँगै एपीएफले लिगमा पहिलो अंक जोडेको छ । अघिल्ला तीन खेलमा एपीएफले लगातार हार व्यहोरेको थियो ।

खेल अवधिभर थ्री स्टारविरुद्ध एपीएफ हाबी भएको थियो । तर, पटक पटकको आक्रमणलाई एपीएफले गोलमा परिणत गर्न सकेन ।

खेलको १२ औं मिनेटमा एपीएफका प्रदिप लामाले पेनाल्टी एरियाको ठिक बाहिरबाट गरेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले सहजै बचाए ।

त्यसको एक मिनेटपछि एपीएफका कप्तान नविन लामाको प्रहार पनि प्रिसोले बचाए ।  

May be an image of 2 people, people playing football and grass

पहिलो हाफको इन्जुरी समयमा कप्तान बिक्रम लामाको फ्री-किकमा अनमार्क रहेका अनन्त तामाङले सिक्स यार्ड बक्सबाट पहिलो बार च्यापेर प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको ४९ औं मिनेटमा एपीएफका कप्तान नविनको फ्रि-किकमा सिक्स यार्ड बक्स भित्रबाट आशिष लामाले बाहिर प्रहार गरे ।  

एपीएफले ८१ औं मिनेटमा गोलको सुन्दर अवसर गुमायो । प्रदिप लामाको क्रसमा सिक्स यार्ड बक्स भित्र रहेका आशिषको हेडर पोस्टको नजिकैबाट बाहिरिएको थियो ।  

खेलको ८९ औं मिनेटमा पेनाल्टी एरियाको बाहिरबाट एपीएफका आशिषको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले मुश्किलले बचाए ।

यस बराबरीसँगै एपीएफले भने ४ खेलमा १ अंक जोडेको छ ।  पहिलो अंक जोडेको एपीएफ १३ औं स्थानमा उक्लिएको छ ।

एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ दोस्रो खेलमा च्यासल युथसँग १-० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४-१ ले पराजित भएको थियो ।

May be an image of 3 people, people playing sports and grass

थ्री स्टारले ४ खेल ५ अंक जोडेको छ ।  थ्री स्टार पाँचौं स्थानमा उक्लिएको छ ।

थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १-० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १-१ गोलको  बराबरीमा रोकिएको थियो ।

एपीएफका प्रदिप लामा म्यान अफ दि म्याच चुनिए ।

इमर्जिङ प्लेयर एपीएफका बिके तामाङ घोषित भए ।

Loading ad...
LiNing Ad
थ्री स्टारसँग बराबरी खेलेको एपीएफलाई पहिलो अंक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो