एजेन्सी । फिफा विश्वकप फुटबलमा अहिले ट्युनिसिया र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहेका छन् ।
खेलको पहिलो हाफ सकिदा दुवै टोलीले १ - १ गोलको बराबरी खेलेका छन् । खेलको ११ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३५ औं मिनेटमा ट्युनिसियाका फेर्जानी ससीको पेनाल्टीमा गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
ट्युनिसियाका खेलाडी युसुफलाई वाल्करले लडाएपछि पेनाल्टी पाएको हो ।