इंग्ल्यान्डको विजयी सुरुवात....
फुल टाइम : ट्युनिसिया १ - २ इंग्ल्यान्ड
गोल गोल गोल ! ९०+१ ह्यारी केनको हेड गोल !!!
४ मिनेटको समय थप गरिएको छ ।
९० : ट्युनिसिया १ - १ इंग्ल्यान्ड
८५ : ट्युनिसिया १ - १ इंग्ल्यान्ड
- ८० : १० मिनेटको खेल बाँकी
योङ्गको फ्रिकिक पोष्ट माथिबाट बाहिरियो
फल ! इंग्ल्यान्डलाई फ्रिकिक ..
७५ - ट्युनिसिया १ - १ इंग्ल्यान्ड
७० -ट्युनिसिया १ - १ इंग्ल्यान्ड
फ्रीकिक इंग्ल्यान्डलाई !
- मार्कुश राष्फोर्ड मैदानमा
- इंग्ल्यान्ड गोलको खोजीमा रहेको छ ।
६५ - दोस्रो हाफमा ट्युनिसियाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
६० ट्युनिसिया १ - १ इंग्ल्यान्ड
५५ - ट्युनिसिया १ - १ इंग्ल्यान्ड
५० - बल पोजिसनमा ट्युनिसियाले पकड बनाएको छ ।
४६ :- दोस्रो हाफको खेल सुरु भएको छ ।
- खेलको ११ औं मिनेटमा इंग्ल्यान्डका ह्यारी केनको गोल, खेलको ३५ औं मिनेटमा ट्युनिसियाका फेर्जानी ससीको पेनाल्टी गोल
४५ : पहिलो हाफमा ट्युनिसिया र इंग्ल्यान्ड १ - १ को बराबरीमा
४४ - गोलको मौका गुम्यो ! इंग्ल्यान्डका लिंगार्डको प्रहार पोष्टमा लागेर बाहिरियो ।
३५ - गोल ! गोल ! ट्युनिसियाले गोल फर्काएको छ। ट्युनिसियाका फेर्जानी ससीको पेनाल्टी गोल
ट्युनिसियाका खेलाडी युसुफलाई वाल्करले लडाएपछि पेनाल्टी पाएको हो
३३ - पेनाल्टी ! ट्युनिसियालाई
-बल पोजिसनमा इंग्ल्यान्ड ५९ र ट्युनिसिया ४१ रहेका छन् ।
- फ्रिकिक, इंग्ल्यान्डलाई !
समूह चरणको पहिलो खेलमा सुरुवाती अग्रता बनाएर इंग्ल्यान्ड हारेको इतिहास छैन ।
मौका ! तर, ट्युनिसियाले गोल गर्न सकेन ।
२५ - ट्युनिसिया ० - १ इंग्ल्यान्ड
- मौका ! गोल गर्न असफल इंग्ल्यान्ड
२२ - बल पोजिसनमा इंग्ल्यान्डको पकड
२० - ट्युनिसिया ० - १ इंग्ल्यान्ड
- इन्ग्लिश टोली लगातार आक्रमणमा
११ - गोल ! गोल ! ह्यारी केनले गोल गरेका छन् । इंग्ल्यान्डलाई अग्रता
गोल गोल ! गोल
१० - ट्युनिसिया ० - ० इंग्ल्यान्ड
-इंग्ल्यान्ड सुरुवातबाटै आक्रामक खेल खेलिरहेका छन् ।
५ - ट्युनिसिया ० - ० इंग्ल्यान्ड
४ - मौका ! तर, रहिम स्टर्लिङ पोष्टको दिशा दिन सकेनन !
मौका ! जेसे लिन्गार्डको प्रहार ट्युनिसियाका किपरले उत्कृष्ट बचाऊ गरेका छन्
१ - खेल सुरु भएको छ ।
राष्ट्रिय धुन इंग्ल्यान्ड
राष्ट्रिय धुन ट्युनिसिया
प्लेईङ ११ (ट्युनिसिया) : मोयुज हसन, सायम बेन युसुफ, यासिने मेरिया, डेलन ब्रुन, अलि मालोल, एन्सी बाड्री, एलयस सखिरी, फेर्जानी ससी, फकरदिने बेन युसुफ, वाहबी खाज्री, नइम स्लिटि
प्लेईङ ११ (इंग्ल्यान्ड) : जोर्डन पिकफोर्ड, कायल वाल्कर, जोन स्टोन्स, हृयारी मागुरे, किएरण ट्रीप्पर, डेली अली, एस्ले योङ, जोर्डन हेन्डरसन, जेसे लिङगार्ड, रहिम स्टर्लिङ, हृयारी केन
तुलनात्मक रुपमा ट्युनिसिया भन्दा इंग्ल्यान्ड निकै बलियो टोली हो । तर, १२ बर्षपछि विश्वकपमा फर्किएको ट्युनिसियालाई कमजोर आक्न मिल्दैन ।
आज हुने खेलमा इन्ग्लिश टोलीबाट ह्यारी केन, डेली अली,रहिम स्टर्लिङ जस्ता स्टार खेलाडीको बाहुल्यता रहने छ । ट्युनिसियामा खासै नाम चलेका खेलाडी छैनन् । तर, उसको लागि वाहबी खाज्री, नइम स्लिटि जस्ता खेलाडी मुख्य हतियार हुनेछ ।
ट्युनिसिया भर्सेस इंग्ल्यान्ड