काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध आज मंगलबार अबुधावीको मैदानमा उत्रदा दक्षिण अफ्रिका जितको खोजीमा हुनेछ ।
सुपर १२ को समूह १ मा रहेको दक्षिण अफ्रिकाले सेमिफाइनलको सम्भावना जिवितै राख्न पनि बंगालदेशविरुद्ध जित निकाल्नु पर्नेछ ।
लगातार चार जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेको अवस्थामा यस समूहबाट केवल एक टोलीमात्र अघिल्लो चरणमा प्रवेश पाउनेछ ।
६ वटा टिम रहेको यस समूहमा अहिले ८ अंक सहित इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने समान तीन–तीन खेल खेलेको दक्षिण अफ्रिका र अष्टे«लिया चार–चार अंक सहित क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यता एक–एक खेल मात्र जितेको श्रीलंका र वेस्ट इन्डिज क्रमश चौथो र पाँचौ स्थानमा छन् भने तीन खेलबाट बंगलादेशले अंक बटुल्न सकेको छैन ।
दक्षिण अफ्रिकालाई बंगालदेशविरुद्ध जितको जति आवश्यकता छ त्यति नै आवश्यकता बंगालदेशलाई पनि छ ।
किनभने बंगालदेश पनि दक्षिण अफ्रिकामाथि जित निकाल्दै पहिलो अंक जोड्न चाहन्छ ।
तर बंगालदेशका लागि भने त्यति सजिलो भने हुने छैन किनभने यसले टी–ट्वान्टीका विश्वकै एक नम्बर अलराउन्डर साकिब अल हसनलाई गुमाइसकेको छ ।
बंगलादेश करिब करिब सेमिफाइनलको दौडमा पछि परेपनि प्रतियोगितामा छाप छाड्ने योजनामा हुनेछ ।
प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रिका अष्टे«लियाविरुद्ध पराजित भएपनि वेस्ट इन्डिज र श्रीलंकामाथि जित निकालेको थियो ।
तर बंगालदेशले भने श्रीलंका, इंग्ल्यान्ड र वेस्ट इन्डिजविरुद्ध हार्न पुगेको थियो ।