नेपालको टी–ट्वान्टी वरीयतामा सुधार
सोमबार, १५ कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थानमा माथि उक्लिएको छ ।
आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल एक स्थान उक्लिदै १३ औं स्थानमा पुगेको हो ।
यस अघि अक्टोबर २६ तारिखमा आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो ।
वरीयतामा इंग्ल्यान्ड पहिलो, पाकिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेको छन् ।










-1766811430207.jpeg&w=3840&q=75)



-1766743021282.jpeg&w=3840&q=75)
