काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज सोमबार एक खेल हुँदैछ ।
विश्वकप अन्तर्गत सोमबार हुने एक मात्र खेलमा इंग्ल्यान्ड र श्रीलंका भिड्ने छन् ।
सारजाहमा हुने इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा अपराजित रहेको छ ।
इंग्ल्यान्ड ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । र, सेमिफाइनल नजिक रहेको छ ।
श्रीलंकालाई हराएमा श्रीलंकाले अन्तिम चारको यात्रा सुरक्षित गर्नेछ ।
उत्कृष्ट लयमा रहेको इंग्ल्यान्डले यस अघि वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो ।
श्रीलंका भने ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आज इंग्ल्यान्डलाई हराएर श्रीलंका सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । तर, दक्षिण अफ्रीका र अष्ट्रेलियासँग पराजित भएको थियो ।
इंग्ल्यान्ड र श्रीलंकाबीचको पछिल्लो खेलमा इंग्ल्यान्ड हाबी हुँदै आईरहेको छ ।
पछिल्लो पाँच भेटमा इंग्ल्यान्डले पाँच खेलमै जित निकालेको छ ।