सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
  4. /
  5. टेबल टेनिसको माध्यमबाट लैगिक जनचेतना

टेबल टेनिसको माध्यमबाट लैगिक जनचेतना

२०२१ अक्टोबर २६, मङ्गलबारखेलपाटी संवाददाता

टेबल टेनिसको माध्यमबाट लैगिक जनचेतना

काठमाडौं । खेल खालि खेल मात्र हुन्न, यो त सामाजिक जनचेतनाको माध्यम पनि हो । अहिले काठमाडौंको लैनचोरको टेबल टेनिस प्रशिक्षण केन्द्र र विराटनगरको टेबल टेनिस हलमा साँझ केही किशोरीहरू टेबल टेनिसको विशेष प्रशिक्षणमा छन् ।

यो प्रशिक्षणमा खेलबारे जानकारी मात्र दिने काम हुने छैन्, तिनलाई लैगिक जनचेतना पनि दिइनेछ, अनि भविष्यमा महिला नेतृत्वका लागि प्रेरित पनि गरिनेछ । एक साता लामो यस कार्यक्रमको नाम नै रहेको छ, ‘माइ जेन्डर माइ स्ट्रेन्थ’ ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भइरहेको यो कार्यक्रम मूलतः विश्व टेबल टेनिस संघको सहयोगमा भएको हो । महासंघले एसियाका केही देशलाई यो कार्यक्रमका लागि चयन गर्ने क्रममा उद्देश्य राखेको छ, टेबल टेनिस कोही पनि महिलाका लागि विकासको अवसर होस् ।

यस कार्यक्रममा काठमाडौंमा ३० र विराटनगरमा २० किशोरीको सहभागिता रहेको छ । विराटनगरमा प्रशिक्षक विकेन थापा र काठमाडौंमा प्रशिक्षकद्वय सन्ध्या शाक्य र मुना बासुकलाले कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सन्ध्या र मुना दुवै पूर्व नेसनल च्याम्पियन हुन् र तिनकै नेतृत्वमा टेबल टेनिसको माध्यमबाट लैगिक जनचेतनाबारे जानकारी पाउँदा किशोरीहरू खुसी र उत्साहित छन् । त्यति मात्र होइन, पूर्व राष्ट्रिय खेलाडी तथा खेलविज्ञ रिता प्रजापति तथा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदकधारी सुलोचना सिजख्वाःले किशोरीहरूलाई समाजमा खेलकुदको महत्वबारे विशेष कक्षा सञ्चालन गरेका थिए । त्यस अवसरमा सहभागीलाई पछि नेतृत्व तहमा जान प्रेरित गरिएको थियो ।

यस्तै ती किशोरीले सागकै पूर्व स्वर्ण पदक विजेता तथा नेपाली टेबल टेनिसका लेजेन्डरी खेलाडीद्वय सिजरिन शाह र गीता क्षेत्रीबाट अन्तरक्रियाको अवसर पनि पाए । कार्यक्रमको अवसरमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले यस प्रकारको कार्यक्रमले किशोरीहरूलाई टेबल टेनिसमा सहभागी भएर आफ्नो व्यक्तिगत जीवनको हरेक मोडमा सफल हुन प्रेरित गर्ने बताए । त्यसै अवसरमा राखेप प्रशासन विभागका विभागीय प्रमुख तथा कुलबहादुर थापाले किशोर खेलाडीलाई अनुशासनको महत्वबारे जोड दिएका थिए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bhat Bhateni
नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

बंगलादेशमा छन् कप्तान किरण

बंगलादेशमा छन् कप्तान किरण

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने