पहिलो हाफमा बेल्जियम र पानामा गोल रहित बराबरीमा
सोमबार, ०४ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत अहिले बेल्जियम र डेब्यु टोली पानामाबीच प्रतिस्पर्धा भईरहेको छ ।
समुह जी अन्तर्गतको खेलमा पहिलो हाफ सकिदाँ दुवै टोलीले गोल रहित बराबरी खेलेका छन् ।
रेड डभिल्सले पानामालाई दबाबमा राखेपनि गोल गर्न सकेको छैन ।
बेल्जियम युरोपेली क्लब फुटबल स्टार खेलाडी इडेन हाजार्ड, रोमेलु लुकाकु र केभिन डि ब्रोयन लगायतका खेलाडी सहित मैदान उत्रिएको छ ।
विश्वकपमा पानामाको यो पहिलो खेल हो ।













-1770628505169.jpg&w=3840&q=75)


