बाढी पहिरो र डुबान प्रभावितलाई राहतको व्यवस्था गर्न नेकोसको माग

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले केहि दिनबाट परेको अविरल वर्षाका कारण बाढी पहिरो र डुबान प्रभावितलाई राहतको व्यवस्था गर्न माग गरेको छ ।
नेकोसले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो ।
नेकोसले देशका विभिन्न भुभागमा बाढीपहिरो तथा डुबानमा परि निम्तिएको महाविपत्तिबाट हुन पुगेको जनधनको क्षतिप्रति दुःख व्यक्त समेत गरेको छ।
'बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका महानुभावप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं,' अध्यक्ष रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'साथै मृतकका परिवारजनलाई राहत तथा क्षतिपूर्ति, बेपत्ता नागरीकहरुको खोजी र घाइते तथा विस्थापितहरुलाई तत्काल उपचार एवं आवश्यक राहतको व्यवस्थापन कार्य अघि बढाउन नेपाल सरकार र सम्बन्धित निकाय समक्ष नेपाल खेलकुद महासंघ जोडदार माग गर्दछ ।'
यस्तै नेकोसले नेता कार्यकर्ता, खेलाडी, खेलकर्मी तथा शुभचिन्तकहरुलाई सुरक्षित रहँदै राहत एवं उद्दारको कार्यमा तत्काल परिचालित हुनका लागि आव्हान समेत गरेको छ ।













-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)