काठमाडौं । शेन गेटकेटलाई ठिकसँग थाहा छैन कि उनको मुटु कति समयसम्म धड्कीरहेको थिएन, तर उनलाई थाहा छ कि डिफिब्रिलेटरले दुई पटक झटका दिइएको थियो ।
यो सन् २०११ को कुरा हो जतिबेला आयरल्यान्डका अलराउन्डर गेटकेट १९ वर्षका थिए र व्यावसायिक क्रिकेटमा आफ्नो पाइला चाल्दै थिए । वार्विकसायरका लागि चेसायरविरुद्ध १९ वर्षमुनिको खेल खेल्दै थिए ।
‘म जीवनभर ओल्फ-पार्किन्सन-ह्वाइट सिन्ड्रम भएको थियो र यसले त्यसदिन अघि कुनै समस्या निम्त्याएको थिएन,’ गेटकेटले भने ।
‘सायद वर्षमा एक वा दुईचोटी मेरो मुटु अलि छिटो चल्थ्यो तर घाटीमा २० वा ३० मिनेटसम्म वरफ राख्दा यसबाट छुटकारा मिल्थ्यो । त्यस दिन गर्मी थियो । मैले आफ्नो स्पेलको बलिङ गरे, म आफ्नो प्रशिक्षकको छेउमा गएर बसे तर मैले राम्रो अनुभव गरिरहेको थिएन । मैले बरफ लिएर सोही कार्य दोहर्याउन खोजे । अर्को मिनेटमा म हेलिकप्टरमा थिए । एकजनाले सिपिआर गरे । पारामेडिक्स हेलिकप्टरमा आए । उनीहरुले मलाई डिफिब्रिलेटरले दुई चोटी झटका दिए । म दुई दिनसम्म कोमामा थिए,’ गेटकेटले सम्झे ।
ओल्फ-पार्किन्सन-ह्वाइट सिन्ड्रम एक सामान्य मुटुको समस्या हो जुन अहिले २९ वर्ष पुगेका गेटकेटलाई आठ वा नौ वर्षको उमेरमा देखापरेको थियो ।
पहिला सामान्य समस्या मात्र निम्त्याएको रोगले सो दिन उनलाई झन्डै मृत्युको मुखमा पुर्याएको थियो ।
‘म भाग्यमानी छु कि पारामेडिक्स चाडै आईपुग्यो,’ उनी भन्छन् । ‘यदी उनीहरु पाँच वा दश मिनेट ढिलो भएको भए म यहाँ हुने थिइनँ ।’
‘चिकित्सकहरु ९९% निश्चित थिए क म फेरी कहिल्यै खेल्ने छैन’ जब उनी करिब दुई दिन पछि उठे, ओछ्यान छेउ उनका बुबा र काकीमात्र उनको छेउमा थिएन बरु आयरल्यान्डका अन्तर्राष्ट्रिय क्रिकेटर विलियमन पोर्टरफिल्ड र वोयड रानकिन पनि थिए, जो गेटकेट बेहोस भएको बेला वार्विकसायरको दोस्रो टोलीको लागि नजिकै खेल्दै थिए । जतिबेला गेटकेटको तत्कालको विचारहरु के भएको थियो तथा जीवित रहनुमा खुसीमा थियो, उनको दिमाग क्रिकेटतिर गयो ।
‘म दुई वा तीनहप्तासम्म एउटा अस्पतालमा थिए । म विश्वस्त थिइन कि म फेरी खेल्छु वा दौडिन सक्छु,’ उनी भन्छन् । ‘चिकित्सकहरुले भने कि उनीहरु ९९% सुनिश्चित छन कि म अब कहिल्यै क्रिकेट खेल्नेछैन । १९ वर्षको उमेरमा सो कुरा कठिन थियो ।’
तर जब गेटकेटलाई अर्को अस्पतालमा सारियो र शल्यक्रिया जसमा उसको कम्मरको माध्यमबाट तारहरु टास्ने काम भएको थियो । हृदयघात भएको चार हप्तापछि उनी अस्पतालबाट बाहिर आए र त्यसको दुई हप्तापछि उनी पुन क्रिकेट खेल्न थालेका थिए ।
‘यो एक चामत्कारिक परिवर्तन थियो,’ उनी भन्छन् । ‘त्यो पहिलो अभ्यास, जब म दौडदै थिए, म नर्भस भए । मलाई लाग्यो म फेरि ढल्छु । तर आत्मविश्वास जगाउन केही समय लाग्यो । म पुन खेल्न पाउँदा खुसी थिए त्यसपछि मलाई कुनैपनि समस्या देखिएन,’ उनी थप्छन् ।
सो उल्लेखनीय पुनरागमनले गेटकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी बन्ने यात्राको शुरुवात थियो र अहिले उनी युएई र ओमानमा आयोजना भइरहेको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि आयरल्यान्डको टिमका एक सदस्यका रुपमा रहेका छन् ।
लर्ड्समा मेरिलेबोनका युवा क्रिकेट खेलाडीसँग समय बिताएर र तथा आयरल्यान्डमा घरेलु क्रिकेट खेल, चोटका लागि उनी तिव्र गतिका बलरबाट अहिले मध्यम गतिका बलरमा परिणत भएका छन् ।
आयरल्यान्डको टोलीसँग उनी तीन पटक यु-१९ विश्वकपमा गए तर सिनियर टोलीमा भने उनले सन् २०१९ मा मात्र मौका पाए ।
उनले एकदिवसीयमा डेब्यू गर्दा जिम्बावेविरुद्ध विजयी रन जोडेपनि उनले टी-ट्वान्टीका आफूलाई प्रमाणित गरिसकेको छ । उनले २३ टी-ट्वान्टी र चार एकदिवसीय खेलेका छन् ।