क्यानले गर्यो भारतीय कम्पनीसँगको सम्झौता रद्द
बिहिबार, असोज २१, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गरेको छ ।
क्यानको बिहीबार सकिएको बोर्ड बैठकले दिल्लीको कम्पनी सेभेन थ्री सँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
क्यानले नेपाल टी-ट्वान्टी लिग आयोजनाका लागि भारतीय कम्पनीसँग सम्झौता गरेको थियो ।
तर, नेपाल सरकारले अनुमति नदिएपछि क्यानले सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
क्यानले उक्त कम्पनीले सरकारको अनुमति पूर्व गर्नु पर्ने सम्झौताका कार्यहरु गर्न नसकेको समेत जनाएको छ।











-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

