एजेन्सी । स्वीडेनले रुसमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा दक्षिण कोरियालाई १ - ० ले हराउदै स्वीडेनले विजयी सुरुवात गरेको हो ।
नोवगोरोड़ स्टेडियममा भएको खेलमा स्वीडेनले पेनाल्टीमा गोल गर्दै जित निकालेको हो । स्वीडेनका एन्डे्रस ग्रान्कभिस्टले ६५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
दक्षिण कोरियाका किम मिन वुले स्वीडेनका भिक्टरलाई पेनाल्टी बक्समा लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा रेफ्रीले स्वीडेनलाई पेनाल्टी दिएको हो । जसमा ग्रान्कभिस्टले सहजै गोल गरे ।
योसंगै समूह एफबाट स्वीडेनले ३ अंक जोडेको छ । यो समूहमा मेक्सिकोले पनि ३ अंक जोडेको छ । मेक्सिको जर्मनीलाई १ - ० ले स्तब्ध बनाएको हो ।