गोड स्पिन टेटे हुने
आइतबार, १७ आश्विन २०७८खेलपाटी संवाददाता
काठमाडौं । गोड स्पिन टेबलटेनिस एकेडेमीको आयोजनामा प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगिता असोज २१ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष-महिला खुला सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु गाबहालस्थित एकेडेमीको आफ्नै भवनमा हुनेछ ।











-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)

