एजेन्सी । रुसमा जारी फिफा विश्वकप फुटबलमा दक्षिण कोरियाविरुद्ध स्वीडेनले सुरुवाती अग्रता बनाएको छ ।
नोवगोरोड़ स्टेडियममा स्वीडेनले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता बनाएको हो । स्वीडेनका एन्डे्रस ग्रान्कभिस्टले ६५ औं मिनेटमा गोल गरे ।
दक्षिण कोरियाका किम मिन वुले स्वीडेनका भिक्टरलाई पेनाल्टी बक्समा लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा रेफ्रीले स्वीडेनलाई पेनाल्टी दिएको हो । जसमा ग्रान्कभिस्टले सहजै गोल गरे ।