काठमाडौं । प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशले आयोजना गरेको एक हप्ते प्रशिक्षक तालीम सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ३१ जना सहभागी भएका थिए । सहभागी मध्ये ३० जनाले प्रयोगात्मक र लिखित दुबै परिक्षा उत्तीर्ण गरेका छन् ।
सहभागी र उत्तीर्णहरुलाइ परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले प्रमाणपत्र प्रदान गरेका थिए । सबै जिल्लामा हुने स्थानीय स्तरका, जिल्ला स्तरका र प्रदेश स्तरका सबै प्रतियोगिता र तालीमहरु संचालन गर्न उक्त तालीमले दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको सदस्यसचिव भण्डारीले बताए ।
सहभागी प्रशिक्षार्थी मध्येका दोलाखाकि अन्जना शिवकाकोटी र रामेछापका लालबहादुर थापाले प्रशिक्षण अबधि भरको आफ्नो अनुभुती व्यक्त गर्दै प्रशिक्षण कार्यक्रम अत्यन्तै उपयोगी भएकोले यस्तो प्रशिक्षण कार्यक्रम प्रत्येक बर्ष हुनुपर्ने बताए ।
प्रशिक्षार्थीहरुलाई नेपाल एथलेटिक्स संघका मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ, प्रशिक्षकहरु धनिराम चौधरी र कान्ति महतोले प्रशिक्षण दिएका थिए ।