काठमाडौं । बागमती प्रदेश खेलकुद परिषदले प्रशिक्षक तालिम संचालनका लागि चार राष्ट्रिय खेल संघसँग सम्झौता गरेको छ ।
बागमती प्रदेशले बुधबार नेपाल ब्याडमिन्टन संघ, नेपाल एथलेटिक्स संघ, नेपाल रग्बी संघ र नेपाल आइटिएफ तेक्वान्दो संघसँग सम्झौता गरेको हो ।
बागमती खेलकुद परिषदका सदस्यसचिव सुर्यलाल भण्डारीले ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ र एथलेटिक्स संघको तर्फबाट राखेपका वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङसँग सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार एथलेटिक्सको प्रशिक्षक तालिम त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज ९ देखि १३ गतेसम्म हुनेछ ।
आइटिएफ तेक्वान्दोको तालिम १६ र १७ असोजमा रामेछापमा हुनेछ ।
त्यस्तै रग्बीको १९ र २० असोजमा चितवनमा तथा ५ र ६ कात्तिकमा ब्याडमिन्टनको राखेप कभर्डहलमा हुनेछ।
तालिम सञ्चालनको लागि बागमतीले २० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।
बागमतीले यस अघि सहिद स्मारक ए डिभिजन लिग र प्रदेश लिग आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई १ दिने निर्णय गरेको थियो ।