काठमाडौं । मलेसियाका अलराउण्डर शर्भिन मुनियान्डीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
२५ वर्षीय मुनियान्डीले भैरहवा ग्ल्याडियटर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
मलेसिया क्रिकेटले मुनियान्डी चौंथो संस्करणको ईपीएलका लागि भैरहवामा अनुबन्ध भएको जनाएको छ।
मुनियान्डी भैरहवाले अनुबन्ध गरेको चौंथो विदेशी खेलाडी हुन्।
यस अघि बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल, श्रीलंकाका बलर धम्मिका प्रसाद र श्रीलंकाका पूर्व ओपनर ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरेको थियो ।
भैरहवाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके रहेका छन् ।
भैरहवाको कप्तानी शरद भेषवाकरले गर्ने छन्।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।