काठमाडौं । पूर्व फिफा रेफ्री बुद्धि बहादुर गुरुङ एन्फाको रेफ्री कमिटिको उपाध्यक्ष नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार गुरुङलाई उपाध्यक्ष चयन गरिएको जनाएको छ ।
गुरुङ एन्फा रेफ्री एसोसियसनका अध्यक्ष समेत हुन् । उनी यस अघि कमिटिका सदस्य रहेका थिए ।
यस्तै पूर्व फिफा महिला रेफ्री कल्पना शर्मा रेफ्री कमिटिको सदस्यमा नियुक्त भएको छिन् ।
दुबै जना वर्तमान नेतृत्वको कार्यअवधिसम्मका लागि नियुक्त भएको एन्फाले जनाएको छ ।