पोखरा । सहारा क्लब पोखराको अध्यक्षमा हरिराम गुरुङ निर्वाचित भएका छन् ।
पोखरामा बुधबार आयोजित २३ औं वार्षिकोत्सव तथा १२ औं अधिवेसनबाट गुरुङ अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा केशव राज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा नवराज अधिकारी र सह कोषाध्यक्षमा विनु राना मगर निर्वाचित भए ।
त्यस्तै सदस्यमा रोजिना गुरुङ, ज्योति केसी, शंकर सुवेदी, अतित गुरुङ, मनमाया तामाङ र मनोज थापा निर्वाचित भए।