काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा परेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप अटाएका हुन् ।
सन्दीप बलिङ वरीयताको ९१ औं स्थानमा रहेका छन् । सन्दीप पहिलो पटक एकदिवसीयको शीर्ष १०० को वरीयतामा परेका हुन् ।
सन्दीपले एकदिवसीय अन्तराष्ट्रियको १२ खेलमा ३३ विकेट लिईसकेका छन् ।
सन्दीप टी-ट्वान्टी वरीयतामा भने रहदै आएका थिए । सन्दीप टी-ट्वान्टीतर्फ भने ८१ औं स्थानमा झरेका छन् ।
यस्तै टी-ट्वान्टीतर्फ नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता यथावत रहेको छ ।
ब्याटिङ वरीयतामा कुशल ५९ औं स्थानमा छन् । यस अघि उनी ५९ औं स्थानमै रहेका थिए ।
नेपालका पूर्व कप्तान पारस खड्काको वरीयता सुधार भएको छ । पारस ८८ औं स्थानमा उक्लिएका छन् ।
यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९३ औं स्थानमा उक्लिएका छन् ।