काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।
जवाफी ब्याटिङ गरिरहेको नेपालका ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेका छन् ।
कुशल र आसिफले पहिलो विकेटका लागि ६६ रनको कीर्तिमानी साझेदारी गरेका हुन् ।
पहिलो विकेटको रुपमा आसिफ २३ रनमा आउट भए ।
एकदिवसीय अन्तराष्ट्रियमा पहिलो विकेटका लागि बनाएको यो उच्च साझेदारी हो ।
यस अघि नेपालको उच्च साझेदारी ६१ रन रहेको थियो ।