काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फ्रेन्चाईज टिम काठमाडौं किङ्स-११ सँग शिव शक्ति ग्रुप जोडिएको छ।
चौंथो संस्करणको ईपीएलका लागि शिव शक्तिको फ्याम्ली ओइल र उर्जा राइस 'गोल्ड पार्टनर' को रुपमा काठमाडौंसँग जोडिएको हो ।
काठमाडौं र शिव शक्तिबीच सोमबार सम्झौता भएको छ । काठमाडौंका संजय अग्रवाल र शिव शक्तिका सन्दीप अग्रवालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा काठमाडौं किङ्स-११ को कप्तानी सन्दीप लामिछानेले गर्ने छन् ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।