काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सिमित ओभरको कप्तानी छाड्ने भएका छन् ।
कोहलीले भारतीय टिमको तीनै फर्म्याटको कप्तानी गरिरहेका छन् ।
तर, युएई र ओमानमा आयोजना हुने टी-ट्वान्टी विश्वकपपछि कोहलीले एकदिवसीय र टी-ट्वान्टीको कप्तानी छाड्ने भएका छन् ।
टाइम्स अफ इन्डियाले कोहलीको स्थानमा रोहित शर्माले एकदिवसीय र टी-ट्वान्टीको कप्तानी गर्ने जनाएको छ ।
रोहित भारतीय टिमको उपकप्तान रहेका छन् ।
आफ्नो ब्याटिङलाई थप उत्कृष्ट बनाउन उनले सिमित ओभरको कप्तानी छाड्न लागेको बताईएको छ ।
रोहितको कप्तानीमा भारतले ६५ टेस्टमा ३८ जित निकालेको छ ।
यस्तै ९५ एकदिवसीयमा ६५ जित निकाल्दा ४५ टी-ट्वान्टीमा २९ जित निकालेको छ ।