अष्ट्रेलियाका कप्तान पेनको शल्यक्रिया गरिने
सोमबार, २८ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं। अष्ट्रेलिया टेस्ट टिमका कप्तान टिम पेनको शल्यक्रिया गरिने भएको छ।
क्रिकेट अष्ट्रेलियाले पेनको घाँटीको पिन्च नर्भको शल्यक्रिया गरिने जनाएको छ।
उनी लामो समयबाट घाँटीको समस्याबाट गुज्रिरहेका थिए ।
अष्ट्रेलिया क्रिकेटले उनको मंगलबार शल्यक्रिया गरिने जनाएको छ ।
शल्यक्रियापछि पेन आगामी अक्टोबरबाट प्रशिक्षणमा फर्कने छन् ।
यस्तै उनले नोभेम्बरबाट खेल खेल्न सक्ने बताईएको छ ।










-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)

