एजेन्सी । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल अहिले रुसमा जारी छ । २१ औं संस्करणको विश्वकपमा ३२ उत्कृष्ट राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।
विश्वकपमा प्रतिस्पर्धा गर्ने प्राय सवै टोली सर्वश्रेष्ठ हुन्छ । त्यसमध्ये केहि टिम यस्ता हुन्छन् । जो, सर्वकालीन सर्वश्रेष्ठ हुन्छ । विश्वकप फुटबलको इतिहासमा आठ सर्वश्रेष्ठ टिम छन् । जो सधै सर्वश्रेष्ठ रहने छन् ।
हेर्नुस विश्वकप इतिहासकै सर्वश्रेष्ठ टिम :
पश्चिम जर्मनी १९७४
नतिजाले सबै चिजको बयान गर्छ । सन् १९७४ मा भएको विश्वकपको दाबेदार थियो, पश्चिम जर्मनी । यसअघि जर्मनीले १९६६ को विश्वकपको फाईनलमा अतिरिक्त समयको खेलमा इङ्ल्याण्डसंग पराजित हुदै उपाधिबाट बिमुख भएको थियो ।
सन् १९७४ मा नेदरल्याण्डमाथी पश्चिम जर्मनीले विजय हासिल गर्दा धेरै तटस्थ राज्य आत्तिएका थिए ।
विश्वकपको इतिहासमा सबै भन्दा बढी गोल गर्नेमा गर्ड मुलर जस्ता खेलाडीले सजिएको पश्चिम जर्मनीले १९७२ मा युरोपियन च्याम्पियनसिप समेत आफ्नो नाममा गरेको थियो ।
फ्रान्स १९९८
फ्रान्सले आफ्नो पहिलो र एक मात्र फिफा विश्वकप १९९८ मा जितेको छ । सो प्रतियोगिताको नकआउट चरणसम्म फ्रान्सको टिम पाराग्वे जस्तो टिमबिरुद्ध समेत संर्घष गरिरहेको थियो । सेमिफाईनलमा समेत उसले ठुलै संघर्ष गर्न पर्नुप¥यो । सेमिफाईनलमा उसले क्रोयसियाको चुनौती दिएको थियो । तर फ्रान्सले एक गोलको अन्तरमा सो खेल आफ्नो पक्षमा पारेको थियो ।
तर फाईनलमा ब्राजिललाई ३–० गोल अन्तरले पराजित गर्दै फ्रान्सेले विश्वकपको उपाधि उचाल्यो । यस खेलमा जिनेदिन जिदानले जादुमय प्रर्दशन गरेका थिए । यसको दुई बर्षपछि सन् २००० मा फ्रान्सले युरो कप समेत आफ्नो पक्षमा पारेको थियो ।
उरुग्वे १९५०
सायद यस विश्वकपको इतिहासको सबै भन्दा पछाडीको टिम भन्न सकिन्छ । तर उरुग्वेको चर्चा यस कारण समेत छ, विश्वकप प्रतियोगिता जित्ने सबैभन्दा सानो देश उही हो । देशको जनसंख्या मात्र ४० लाख । विपक्षीलाई टक्कर दिने खेलाडी तयार गर्न समेत उरुग्वेकालागि चुनौतीपुर्ण काम थियो ।
सन् १९३० मा उरुग्वेनै विश्वकपको प्रमुख दाबेदार थियो । स्वभाविक रुपमा अन्तिममा उसैले प्रतियोगिताको उपाधि उचाल्यो । दुई पटकको ओलम्पिक च्याम्पियन भईसकेको उरुग्वे दोस्रो पटक विश्वकपको विजेता बन्दा धेरैले माने, यो अविश्वसनीय छ । सन् १९५० कुरा हो, विपक्षमा ब्राजिली टिम थियो । रियो दि जेनेरियोमा मात्र म्याच हेर्न करिब दुई लाख दर्शक आएका थिए । आश्चार्यजनक रुपमा सो खेल उरुग्वेले २–१ ले जितेको थियो । सो खेल हारेको ब्राजिल लामो समय राष्ट्रिय शोकमा डुबेको थियो ।
हंगेरी १९५४
सन् १९५० देखी १९५४ को बीचमा माग्यार्सले फुटबलमा संसारभर आँधी ल्याएका थिए । उरुग्वे सो समय ५० मा ४३ म्याच जितेको थियो । घरेलु मैदानमा इङ्ल्याण्डलाई ६–३ ले पराजित गरेको समय त्यहीनै हो । सन् १९५२ को ओलम्पिक जित्ने यस टिमले प्रतियोगितामा मात्र एक पटक हारेको थियो । सो प्रतियोगितामा उसले पहिलो पराजय फाईनलमा भएको थियो ।
सन् १९५६ पछि हंगेरीका धेरै खेलाडी दोस्रो देशमा गए । तर आम प्रशंसकबाट उसले धेरै साथ र समर्थन प्राप्त गरेको थियो । पोस्कास, सन्डर कोकसिस र जोल्टन सिजिबोर स्पेन गए । त्यहाँ उनीहरुले रियल मड्रिड र बार्सिलोनाबाट खेलेका थिए ।
ब्राजिल १९५८ देखी ६२ सम्म
फिफा विश्वकपमा सबै भन्दा सफल टिमको कुरा गर्दा ब्राजिल पाँच पटकको विश्व विजेता हो । सन् १९५८ मा स्वीडेनमा ब्राजिली टिम पेले र गारिन्चा जस्ता खेलाडीको साथ उत्रिएको थियो । प्रतियोगितामा टिमले ६ मध्य ५ खेल जितेको थियो । एक मात्र म्याच हारेको थियो । त्यो खेल इङ्ल्याण्डविरुद्ध थियो ।
चार बर्षपछि चिलीमा उसले सोही प्रर्दशन दोह¥यायो । तर चोटबाट ग्रस्त भएका पेले सो खेलमा सहभागि भएनन् । यसपटक ब्राजिलले प्रत्येक म्याचमा जित हासिल गरेको थियो । उसले इङ््ल्याण्डलाई समेत ३–१ ले हराएको थियो ।
नेदरल्याण्ड १९७४
यदी कोही खेल क्रान्तिको कुरा गर्छ भने सन् १९७४ मा नेदरल्याण्डको प्रर्दशनलाई जोडेर हेर्नुपर्छ । आफ्नो पहिलो प्रतियोगितामा अरेन्जले अचम्मको स्टाईल अर्थात टोटल फुटबलबाट पुरै विश्वलाई चकित तुल्याए । जसमा आउट फिल्डका खेलाडी आफ्नो ठाउँ बदल्थे अनि विपक्षीलाई अत्याउथे ।
सन् १९४७ को विश्वकप फाईनलमा पहिलो गोल गर्नका बाबजुट डच टोली पश्चिम जर्मनीबाट २–१ ले पराजित भएको थियो । त्यो पहिलो गोल खेल सुरु भएको दोस्रो मिनेटमै सम्भव भएको थियो । सन् २०१० मा टिम दोस्रो पटक फाईनलमा पुगेको थियो तर दोस्रो पटक समेत पराजित भयो ।
स्पेन, २०१०
स्पेनले सन् २०१० मा विश्वकपको उपाधि जित्यो । सुरुवाती खेलमा स्विटजरल्याण्डको प्रर्दशनले उसलाई अचम्म पारिदिएको थियो । पहिलो खेलमा स्पेन १–० ले पराजित भएको थियो । त्यसपछि पाराग्वे र जर्मनीसंग उसले संघर्षपुर्ण खेल प्रर्दशन ग¥यो ।
नेदरल्याण्डसंगको खेलमा उसले १२ पँहेलो कार्ड पाएको थियो । स्पेनले सन् २००८ मा युरो कप जितेको थियो । यस म्याचमा पेप ग्वार्डियोलाको टिकी टाका स्टाईलले उधुमै मच्चाएको थियो ।
ब्राजिल, सन् १९७०
जानकारीका लागि, विश्वकप जित्ने अहिलेसम्मको उत्कृष्ट टिम भनेर ब्राजिललाई याद गरिन्छ । जसमा विभिन्न प्रतिभाको संगम देख्न सकिन्थ्यो । समुह चरणमा इङ्ल्याण्ड र सेमिफाईनलमा उरुग्वेसंगको प्रतिस्पर्धात्मक खेलपछि ब्राजिलले पछाडी फर्केर हेर्न परेन् ।
फाईनलमा इटालीकोबिरुद्ध ब्राजिलीको प्रर्दशन अहिलेसम्मकै सर्वश्रेष्ठ प्रर्दशनको रुपमा मान्ने गरिन्छ ।
बिबिसी हिन्दीबाट