काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको पहिलो चरणको बन्द प्रशिक्षण सुरु भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार महिला टिमको पहिलो चरणको बन्द प्रशिक्षण सुरु भएको जनाएको छ ।
क्यानले नेपाली टिमको तीन फरक स्थानमा प्रशिक्षण सुरु भएको जनाएको छ ।
क्यानले काठमाडौं, महेन्द्रनगर र इटहरीको प्रशिक्षण सुरु भएको जनाएको छ।
काठमाडौंको प्रशिक्षण शुक्रबार सकिएको क्यानले जनाएको छ ।
त्यस्तै महेन्द्रनगरमा आज आइतबार प्रशिक्षण सुरु भएको जनाएको छ । जुन १८ सेप्टेम्बरसम्म चल्नेछ ।
यस्तै इटहरीमा सेप्टेम्बर २३ देखि २९ सम्म प्रशिक्षण हुने क्यानले जनाएको छ ।
क्यानले विश्वकप छनोटका लागि प्रारम्भिक चरणमा २४ खेलाडीलाई प्रशिक्षणमा डाकेको छ ।