काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज प्रत्यक्ष प्रशारण हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार डिश मिडिया नेकवर्कसँग प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
क्यानका कोषाध्यक्ष रोशन सिंह र डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै सिरिज अन्तर्गत नेपालले खेल्ने खेल एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
सिरिज भोलि सोमबारबाट सुरु हुँदैछ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सोमबार अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ।
नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ।