काठमाडौं । इंग्ल्यान्डका तीन खेलाडीले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट नाम फिर्ता लिएका छन् ।
इंग्ल्यान्डले जोनी बेयर्स्टो, क्रिस वोक्स र डाविड मालनले नाम फिर्ता लिएका हुन् ।
बेयर्स्टो सनराइजर्स हैदरवादमा आबद्द थिए भने क्रिस दिल्ली क्यापिटल्स र मालन पन्जाब किङ्समा आबद्द थिए ।
यस अघि इंग्ल्यान्डका जोस बट्लर, बेन स्टोक्स र जोफ्रा आर्चरले नाम फिर्ता लिएका थिए ।
कोरोनाको कारण रोकिएको आईपीएलका बाँकी खेलहरु युएईमा आयोजना हुनेछ ।
आईपीएलको बाँकी खेल सेप्टेम्बर १९ बाट सुरु हुनेछ । फाइनल खेल अक्टोबर १५ मा हुने बीसीसीआईले जनाएको छ । खेलहरु दुबई, आबुधाबी र सारजाहमा हुनेछ ।
प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।