काठमाडौं । इंग्ल्यान्ड र भारतबीचको पाँचौं तथा अन्तिम टेस्ट आज शुक्रबारबाट सुरु हुँदैछ र पाहुना टिम ऐतिहासिक सफलताबाट एक खेल मात्र टाढा छ ।
भारतले यो सिरिज जिते, एकै वर्ष अष्ट्रेलिया र इंग्ल्यान्डलाई टेस्टमा हराएको कीर्तिमान बनाउने छ र यो आफैमा दुर्लभ तथा गर्व गर्न लायक प्रदर्शन रहनेछ ।
ओभलमा भएको चौथो टेस्टमा भारत १ सय ५७ रनले विजयी रहेको थियो र यससँग भारतले सिरिजमा २–१ को अग्रता लिएको थियो । त्यसको ठीक अगाडि भारत हेडिंग्लेमा एक इनिङ्स र ७६ रनले पराजित भएको थियो । त्यो टेस्टको पहिलो इनिङ्समा भारत ७८ रनमै समेटिएको थियो ।
त्यस हारयता दक्षिण लन्डनमा भएको खेलमा भारत फेरिएको आक्रामक टिम भएको छ । भारतीय कप्तान विराट कोहलीले भनेका छन्, ‘ओभलमा प्राप्त जित अद्धितीय रह्यो । मलाई चुनौती मन पर्छ र चर्को आलोचनाले हामीलाई अझ राम्रो खेल्न प्रेरित गर्छ । हामीले भारत अब्बल दर्जाको शीर्ष टिम हो भनेर प्रमाणित गरिसकेका छौं ।’
ठीक यही बेला इंग्ल्यान्डमाथि चर्को दबाब हुनेछ र टिम सन् १९८६ यता पहिलो पल्ट लगातार दुई टेस्ट सिरिज गुमाउन सक्ने मोडमा पुगेको छ ।
उनले अन्तिम टेस्ट अगाडि आफ्ना खेलाडीलाई राम्रो प्रदर्शनका लागि चुनौती दिएका छन्, विशेषत: सक्दो बढी रन बनाउने । उनले प्रश्न गरेका छन्, ‘कोही कसैले इंग्ल्यान्डलाई ब्याटबाट मजबुत स्थिति बनाउन सक्दैन ?’
–एएफपीको सहयोगमा ।