काठमाडौं । अष्ट्रेलियाले निर्विवाद रूपमा ऐतिहासिक सावित हुने टेस्टमा अफगानिस्तानलाई आथित्य गर्दैछ । तर त्यस अगाडि क्रिकेट अष्ट्रेलियाले बिहीबार भनेको छ, अफगानिस्तानले महिला क्रिकेटमा प्रतिबन्ध लगाउने हो भने त्यो एक मात्र टेस्ट हुने छैन् । नोभेम्बरमा दुई देशबीच पहिलो टेस्ट हुने कार्यक्रम रहेको छ ।
यसबीच भर्खरै तालिवानको सांस्कृतिक निकायका प्रमुख अहमदुल्लाह वासिकको भनाइ अगाडि आएको छ र उनी भन्छन्, अफगान महिलाले क्रिकेट खेल्ने छैनन् । उनका अनुसार नयाँ तालिबान सरकारले महिलालाई कुनै पनि खेलकुद खेल्न दिने छैन् । उनले यसका लागि प्रस्तुत गरेको तर्क यस्तो छ, ‘महिलाले क्रिकेट खेल्नु पर्दैन, किनभने यो आवश्यक छैन् ।’
उनका अनुसार क्रिकेट खेलका क्रममा महिला खेलाडीको अनुहार शरीरका केही भाग देखिने छन् र यसका लागि इस्लामले अनुमती दिंदैन् । त्यसैले इस्लाम र इस्लामिक इमिरेट्समा त्यस्तो कुनै खेललाई अनुमती दिइने छैन्, जसमा महिला शरीरको कुनै पनि अंक बाहिरिया अरू कसैले देखोस । भर्खरै सत्तामा आएको तालिवानले पुरुषलाई भने क्रिकेट खेल्न दिने भनेको छ ।
त्यसै अनुसार क्रिकेट अष्ट्रेलियाले नोभम्बर २७ मा हुने एक मात्र टेस्ट हुने भनेको थियो, तर अब उनले आफ्नो भनाइ फेरेको छ । क्रिकेट अष्ट्रेलियाका अनुसार यो खेलका विकास र विस्तारका लागि महिला सहभागिता अनिवार्य छ, खेल सबैका लागि हो । अझ विशेष महिलाका लागि हो । तालिबानले महिला क्रिकेटलाई प्रतिबन्ध लगाउँछ भने यो टेस्ट रद्द गर्नु बाहेक अन्य विकल्प हुन्न ।
–एएफपीको सहयोगमा ।