एजेन्सी । पाकिस्तान क्रिकेट टिमको मुख्य प्रशिक्षक मिस्बाह उल हकले पदबाट राजीनामा दिएका छन् ।
४५ वर्षीय प्रशिक्षक मिस्बाहले सोमबार पदबाट राजीनामा दिएका हुन् ।
यस्तै बलिङ प्रशिक्षक वकार युनिसले पनि राजीनामा दिएका छन् ।
मिस्बाह र वकार सन् २०१९ मा प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त भएका थिए ।
पाकिस्तानले मिस्बाह र वकारको स्थानमा साकलिन मुस्ताक र अब्दुल राज्जकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।