काठमाडौं । घरेलु टिम इंग्ल्यान्डविरुद्धको चौंथो टेस्टमा भारत विजयी भएको छ ।
द ओभलमा सोमबार भारतले इंग्ल्यान्डलाई १ सय ५७ रनले हराएको हो ।
यस जितसँगै भारतले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।
दुई टिमबीचको अन्तिम टेस्ट शुक्रबार सुरु हुनेछ ।
पहिलो इनिङ्समा भारत १ सय ९१ रन जोड्दा अलआउट भएको थियो ।
तर, दोस्रो इनिङ्समा भारतले ४ सय ६६ रन जोडेपछि इंग्ल्यान्डले ३ सय ६८ रनको बलियो लक्ष्य पाएको थियो ।
दोस्रो इनिङ्समा भारतका रोहित शर्माले १ सय २७ रनको शतकीय इनिङ्स खेले ।
जवाफमा इंग्ल्यान्डले दोस्रो इनिङ्समा २ सय १० रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डले पहिलो इनिङ्समा २ सय ९० रन जोडेको थियो ।
भारतले द ओभलमा ४७ वर्षपछि पहिलो जित निकालेको हो ।
यस अघि भारतले सन् १९७२ मा जित निकालेको थियो ।