काठमाडौं । युएईका क्रिकेटर गुलाम सब्बिरलाई ४ वर्षको प्रतिबन्ध लागेको छ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार सब्बिरलाई प्रतिबन्ध लगाईएको जनाएको छ ।
आईसीसीले बिहीबार एन्टी करप्सन नियम उलंघन गरेको कारण सब्बिरलाई प्रतिबन्ध गरिएको जनाएको छ ।
विकेटकिपर ब्याट्सम्यान सब्बिरको प्रतिबन्ध २०२५ को अगस्ट २० सम्म रहने आईसीसीले जनाएको छ ।
सब्बिरमाथि सन् २०१९ को जनवरी देखि अप्रिलसम्म नेपाल र जिम्बावेविरुद्धको खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेको छ ।
३५ वर्षीय सब्बिरले २०१९ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
उनले युएईका लागि २३ एकदिवसीय र १७ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।