काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट टिम काठमाडौं किङ्स-११ ले टिमको प्रशिक्षकमा कलाम अलीलाई नियुक्त गरेको छ ।
काठमाडौंले शनिबार सामाजिक संजालबाट अलीलाई प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
काठमाडौंले चौंथो संस्करणको ईपीएलका लागि अलीलाई प्रशिक्षक चयन गरेको हो ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्ने छन् ।
यस पटक काठमाडौंबाट पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले समेत खेल्ने छन् ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।