काठमाडौं । श्रीलंकाका बलर धम्मिका प्रसादले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
धम्मिकाले भैरहवा ग्ल्याडियटर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।
भैरहवाले शनिबार धम्मिकालाई ईपीएलका लागि अनुबन्ध गरिएको जनाएको छ ।
३८ वर्षीय फास्ट बलर धम्मिकाले श्रीलंकाका लागि २५ टेस्टमा ७५ विकेट लिएका छन् ।
यस्तै २४ एकदिवसीयमा ३२ विकेट र २१ टी-ट्वान्टीमा १९ विकेट लिएका छन्।
श्रीलंकाका पूर्व ओपनर ब्याट्सम्यान उपुल थरंगाले पनि भैरहवाबाट खेल्नेछन्।
भैरहवाका मुख्य प्रशिक्षकमा पुबुदु दसानायके रहेका छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।