काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका कप्तान रुबिना क्षेत्रीलाई केआई (खेले इन्डिया) स्पोर्ट्सले प्रायोजन गरेको छ।
भारतीय क्रिकेट खेल सामाग्री उत्पादक कम्पनीले रुबिनालाई एक वर्षको लागि प्रायोजन गरेको हो।
सम्झौतासँगै रुबिनालाई आवश्यक खेल सामाग्री एक वर्षसम्म केआई स्पोर्ट्सले उपलब्ध गराउने छ।
यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा रुबिनाले केआईको खेल सामाग्री प्रयोग गर्ने छिन्।
रुबिनाले केआई ब्राण्डको प्रचारप्रसार समेत गर्ने छिन्। त्यसका लागि रुबिनालाई कम्पनिले प्रायोजन रकम समेत उपलब्ध गराउने छ। रकम भने गोप्य राखिएको छ।
'म केआई स्पोर्ट्सले प्रदान गरेका सबै गियर र सुविधाहरुबाट सन्तुष्ट छु र दीर्घकालीन समन्वयको लागि तयार छु,'सम्झौतापछि रुबिनाले भनिन्,'महिला क्रिकेटलाई प्राथमिकता दिएकोमा म लेभिन स्पोर्ट्सलाई धन्यवाद दिन चाहन्छु ।'
खेलकुद म्यानेजमेन्ट कम्पनि लेभिन स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको समन्यवमा रुबिनालाई प्रयोजन गरेको हो।