काठमाडौं । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले घरेलु टिम श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको बाँकी खेल गुमाउने भएका छन् ।
हातको औलाको चोटको कारण टेम्बा सिरिजबाट बाहिरिएका हुन् । टेम्बाको अनुपस्थितिमा केशव महाराजले दक्षिण अफ्रीकाको कप्तानी गर्ने छन् ।
टेम्बाले पहिलो एकदिवसीय खेल दौरान चोट बोकेका हुन् । चोट बोकेपछि टेम्बा ‘रिटायर्ड हर्ट’ भएका थिए ।
खेलको २६ औं ओभरमा ३८ रन बनाएर ब्याटिङ गरिरहँदा रन लिने क्रममा फिल्डरले फालेको बलले उनको औंलामा लागेको थियो । त्यस खेलमा दक्षिण अफ्रीका १४ रनले पराजित भएको थियो ।
तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता बनाएको छ ।