काठमाडौं । घरेलु टिम इंग्ल्यान्डले भारतविरुद्धको चौंथो टेस्टको दोस्रो दिन शुक्रबार अग्रता बनाएको छ ।
द ओभलमा दोस्रो दिनको खेल सकिदासम्म इंग्ल्यान्डले ५६ रनको अग्रता बनाएको छ ।
इंग्ल्यान्डलाई अलआउट गर्दै दोस्रो इनिङ्स थालेको भारतले बिना विकेटको क्षतीमा ४३ रन बनाएको छ।
भारतका लागि केएल राहुल २२ रनमा अविजित रहदा रोहित शर्मा २० रनमा अविजित रहेका छन् ।
यस अघि इंग्ल्यान्ड पहिलो इनिङ्समा २ सय ९० रन जोड्दा अलआउट भएको हो । इंग्ल्यान्डका ओली पोपले ८१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै क्रिस वोक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा जोनी बेयर्स्टोले ३७ रन बनाए । मोइन अलि ३५ रनमा आउट भए भने जोए रुट २१ रनमा आउट भए ।
भारतका उमेश यादवले ३ विकेट लिए । जस्प्रित बुम्राह र रविन्द्र जडेजाले २/२ विकेट लिए ।
यस्तै पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा बिहीबार १ सय ९१ रन जोड्दा अलआउट भएको थियो ।
भारतका सार्दुल ठाकुरले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
इंग्ल्यान्डका क्रिस वोक्सले ४ विकेट लिए । ओली रोबिन्सनले ३ विकेट लिए ।
दुई टिमबीचको पाँच खेलको सिरिज १-१ को स्थितिमा रहेको छ।