काठमाडौं । धादिङ जिल्ला क्रिकेट संघको तदर्थ समिति गठन गरिएको छ ।
दिपेश कँडेलको अध्यक्षतामा आइतबार १५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा मनिष दुवाडी, सचिवमा सन्दीप सापकोटा, कोषाध्यक्षमा ठाकुर ढकाल र सह-सचिवमा रामबहादुर रानामगर रहेका छन् ।
यस्तै सदस्यमा साम्भावी थापा, श्रीकृष्ण भण्डारी (अनमोल) अनिल अधिकारी, सन्तोष पाण्डे, रविन्द्र सापकोटा दिपेन्द्र शाह र सुमन श्रेष्ठ छन् ।
त्यस्तै देवराज घलानको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको आथित्यतामा भएको भेलामा नीलकण्ठ नगरपालिकाका जनप्रतिनीधि गोपी कृष्ण भण्डारी, जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापा, पत्रकार महासंघ धादिङ अध्यक्ष राजाराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।