आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

सहमती जुटाउन थप प्रयास गरिने

शुक्रबार, भदौ ४, २०७८खेलपाटी संवाददाता
सहमती जुटाउन थप प्रयास गरिने
Classic Tech Internet Ad

काठमाडौं । फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित समितिले प्रतिवेदन सार्वजनिक गर्नु अघि सहमतीको थप पहल गर्ने भएको छ ।

राखेपको निर्देशन अनुसार प्रतिवेदन तयार गरेको समितिले विवादका दुई मुख्य पात्रबीच सहमतीका लागि गृहकार्य गर्ने निष्कर्ष निकालेको छ ।

छानबिन सकेर प्रतिवेदन तयार पारेको समितिले दुवै पक्षलाई सहमतीमा ल्याउन केही दिन कोशिस गर्ने भएको छ ।

आगामी बुधबारसम्म दुवै पक्षलाई मिलाउन कोशिस गर्ने र सहमती हुन नसकेको अवस्थामा प्रतिवेदन सार्वजनिक गर्ने छानबिन समितिको तयारी छ ।

‘बयानका क्रममा दुवै पक्षले फुटबलको विकासका लागि समझदारी गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए । सोही अनुसार दुवै पक्षबीच सहमती जुटाएर प्रतिवेदन बुझाउने तयारी हो ।’ समितिका एक सदस्यले खेलपाटीसँग भने ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले विवादलाई थप लम्ब्याउन नहुने भन्दै सहमतीको प्रयासलाई कायम राख्न सुझाव दिएका छन् । सोही अनुसार समितिले प्रतिवेदन बुझाउन र सार्वजनिक गर्न थप एक हप्ताको समय लिने भएको हो ।

समितिलाई प्रतिवेदन तयार गर्न एक साताको समय दिईएको थियो । तर समिति गठन भएर छानबिन थालेको दुई हप्ता बितिसकेको छ । समितिले विवादमा परेका दुवै पक्ष सहित प्रत्यक्ष÷अप्रत्यक्ष जोडिएका पात्रसंग बयान लगिसकेको छ । बयान र कागजातको अध्ययन गरेर समितिले प्रतिवेदन समेत तयार पारेको छ । तर राखेप फुटबल विवादलाई धेरै लम्ब्याउन नहुने पक्षमा देखिएको छ ।  

‘क्रिकेटको सामान्य विवादले निलम्बनसम्म पुग्यो । फुटबलमा समेत त्यही दोहरिन सक्छ । त्यसैले सदस्य सचिव सहमतीबाटै विवादको समाधान होस् भन्ने चाहनु भएको छ । सोही कारण समितिले केही दिन समय लिन चाहेको छ ।’ समितिका ती सदस्यले भने ।

राखेप दुवै पक्षबीच सहमती जुटाएर विवादको ‘सेफ ल्यान्डिङ’ गर्न चाहेको छ । तर विवादका दुई केन्द्रिय पात्रबीच सहमती जुट्न सकेको छैन ।

छानबिन समिति गठन भएपछि पूर्व प्रवक्ता किरण राईले दुवै पक्षबीच सहमती जुटाउने प्रयास गरेका थिए । तर राई सहित उपाध्यक्ष वीरबहादुर खड्का, सदस्य दावा लामा सहितको टिमले सहमती जुटाउने कोशिसले सार्थकता पाउन सकेन ।

सहमतीको प्रयासकै दौरान राखेपको छानबिन समितिले समानान्तर तरिकाबाट अनुसन्धान अघि बढाएको थियो । बयान सकेपछि समितिले समेत सहमतीको प्रयास गरेको थियो । तर शुक्रबारसम्म कुनै नतिजा निस्किएको छैन । शुभ–संकेत समेत देखिएको छैन ।

कार्यसमिति सदस्य किरण राईलेनै सहमतीको सम्भावना सकिएको संकेत गरेका छन् । उनले ‘चोचो मोचो’को समय गुज्रिसकेको बताउँछन् । 

‘एन्फामै मिलाउनुपर्ने विषय मन्त्रालय गुहार्ने काम गलत थियो । तर मन्त्रालयले छानविन समिति बनाएपछि प्रतिवेदन सार्वजनीक गर्नुपर्छ ।’ उनले भने, ‘मन्त्रालय र राखेप जस्तो नियमन गर्ने निकायमा पुर्याईसकेपछि नियम कानुन अनुसार हुनुपर्छ । अब प्रतिवेदनले सबै कुरा बोल्छ ।’

राईले राखेपले तयार पारेको छानबिन प्रतिवेदन चाँडै सार्वजनिक गर्न माग समेत गरेका छन् ।

मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणा गरेपछि एन्फा विवाद उत्कर्षमा पुगेको थियो । दुवै जनाले घटनाको छानबिन गर्न एन्फामा निवेदन दिएका थिए ।

एन्फाको आकस्मिक कार्यसमिति बैठकले घटनाको उच्चस्तरीय छानबिनका लागि मन्त्रालयलाई आह्वान गरेको थियो । एन्फाको माग अनुसार मन्त्रालयले राखेपलाई घटनाको छानविन गरि सुझाव सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन