सिटी पहिलो खेलमै पराजित
आइतबार, साउन ३१, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ ।
आइतबार राति भएको खेलमा सिटी टोटेनहमसँग १-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा सनले निर्णायक गोल गरेका हुन् ।
स्टिभीनको पासमा सनले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
यस जितसँगै टोटेनहमले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
सिटीले भने हारबाट सिजनको सुरुवात गरेको छ ।








-1762856022963.jpg&w=3840&q=75)




