लाइपजिग पहिलो खेलमा पराजित
आइतबार, ३१ श्रावण २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा लाइपजिग मैन्जसँग १-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा मैन्जलाई जित दिलाउन मौसा निआखाटेले निर्णायक गोल गरे ।
खेलको १३ औं मिनेटमा मौसाले निर्णायक गोल गरेका थिए ।
जितसँगै मैन्जले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
लाइपजिगले हारबाट सिजनको सुरुवात गरेको छ ।











-1767006224106.jpeg&w=3840&q=75)

