काठमाडौं । राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जनले सञ्चालनमा ल्याएको एनी पिङपोङ क्लबलाई ठमेल पर्यटन विकास काउन्सिलले आर्थिक सहयोग गरेको छ ।
काउन्सिलकी उपाध्यक्ष गीता गुरुङले पिङपोङ क्लबलाई टेनिस बोर्ड किन्नका लागि ३३ हजार रुपैयाँको आर्थिक सहयोग गरेकी हुन् ।
राष्ट्रिय खेलाडीमा सञ्चालनमा ल्याएको क्लबलाई सहयोग पुर्याउने उद्धेश्यले गुरुङले सो रकम हस्तान्तरण गरेकी हुन् । सहयोग कार्यक्रममा डोन्डुप लामा समेत सहभागी थिए ।
सहयोग रकम ग्रहण गर्दै अनिताले महिला शसक्तिकरणका लागि सञ्चालमा ल्याएको एकेडेमी अघि बढाउन प्राप्त रकमले सहयोग पुग्ने बताईन् ।
उनले आगामी दिनमा समेत विभिन्न क्षेत्रबाट यस्तै सहयोग रहने अपेक्षा गरिन् ।
विभागीय टिम एपीएफकी खेलाडी अनिताले आफ्नै लगानीमा टेबल टेनिस क्लब सञ्चालनमा ल्याएकी छिन् ।