काठमाडौं । नेपाल इक्वेस्ट्रियन एसोसिएसन (नेपाल घोडचढी संघ) ले एशियन इक्वेस्ट्रियन फेडरेशन (एईएफ) को अस्थायी सदस्यता प्राप्त गरेको छ ।
संघले बिहीबार एक विज्ञप्ति निकाल्दै फेडरेशनको अस्थायी सदस्यता प्राप्त गरेको जनाएको छ ।
एसियाका २८ देश सम्मिलित फेडरेशनको बिहीबार बसेको साधारण सभाले नेपाललाई अस्थायी सदस्यता दिने निर्णय गरेको संघले जनाएको छ । नेपाल सहित दक्षिण एसियाली अर्को देश श्रीलंकाले समेत सदस्यता प्राप्त गरेको छ ।
गत नोभेम्बरमा अन्तर्राष्ट्रिय इक्वेस्ट्रियन फेडरेशन (एफआईआई) को महासभाले पनि नेपाललाई अस्थायी सदस्यको मान्यत दिएको थियो ।
एसियन र अन्तर्राष्ट्रिय फेडरेशनका प्रतिनिधिले नेपाल भ्रमणपछि पूर्ण सदस्यको रूपमा मान्यता दिने संघले जनाएको छ । कोभिड(१९ को महामारी अन्त्यपछि अन्तर्राष्ट्रिय र एसियन फेडरेशनका प्रतिनिधि नेपाल भ्रमणमा आउने समेत संघले जनाएको छ ।
संघलाई अन्तर्राष्ट्रिय ‘टेन्ट पेगिंग’ महासंघ (आईटीपीएफ) को पूर्ण–सदस्यता पाईसकेको छ ।