काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ललितपुरको एक अनाथालयलाई सहयोग गरेको छ ।
राष्ट्रिय टिमले ललितपुरको सैबुमा रहेको द अनाथालय होमलाई दुई वटा प्रोजेक्टर सहयोग गरेको हो ।
राष्ट्रिय टिमका म्यानेजर मधुसुधन उपाध्याय, कप्तान किरण चेम्जोङ र प्रशिक्षक किरण श्रेष्ठले बिहीबार अनाथालय पुगेर प्रोजेक्टर हस्तान्तरण गरेका थिए ।
नेपाली टिमका म्यानेजर उपाध्यायले शैक्षिक उदेश्यको लागि प्रोजेक्टर सहयोग गरिएको बताए ।
'अनाथालयमा रहेका बालबालिकाको पढाईमा लागि प्रोजेक्टर आवश्यक रहेको पाईएपछि हामी राष्ट्रिय टिमका सबैले रकम जम्मा गरेर दुई प्रोजेक्टर सहयोग गरेका हौँ,' उपाध्यायले भने ।
रिता राईले संचालन गरेको अनाथालयमा २२ अनाथ बालबालिकाहरुले आश्रय लिईरहेका छन् ।